कीवर्डहरू -

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् रिजल्ट

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् रिजल्ट

राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबील एस लिमिटेडले बिहीबार दिउँसो ३ बजे आईपीओ बाँडफाँड गरेको हो ।

आईपिओमा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए  । यी मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको छ  । त्यस अनुसार योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको थियो ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाएक छन् ।

अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

राष्ट्र उत्थान लघुवित्तको नतिजा अनलाइनबाटै थाहा पाउन सकिन्छ । नतिजा बिक्री प्रबन्धक एनआईबील एस क्यापिटलको वेबसाइट, मेरो शेयरको वेबसाइट तथा मोबाइल एप र सिडीएसको आईपीओ रिजल्ट वेबसाइटबाट हेर्न सकिने छ ।