कीवर्डहरू -

देशभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

देशभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

देशभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ । देशभर ब्रोडव्यान्ड इन्टरनेट पुर्‍याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याएको हो ।

प्राधिकरणका अनुसार माघ मसान्तसम्म ५ हजार २३३ माध्यमिक विद्यालय र ४ हजार १८० स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट जडान गरिएको हो ।

त्यस्तै माघ मसान्तसम्म ६९७ स्थानीय तह र ५ हजार ८३३ वडा कार्यालयमा ब्रोडब्याण्ड इन्टरनेट पुगेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले सार्वजनिक गरेको प्रगति विवरण अनुसार अब ५ वटा स्थानीत तह र १०० वटा वडा कार्यालयमा ब्रोडब्याण्ड इन्टरनेट पुग्न बाँकी रहेको छ ।

प्राधिकरणले देशका ७०२ स्थानिय तहमा इन्टरनेट सेवा पुर्‍याउन १८ प्याकेजमा विभिन्न इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेको थियो । जस अनुसार अब ७ वटा स्थानीय तहमा मात्रै इन्टरनेट पुर्‍याउन बाँकी रहेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ‌ओटा प्याकेजमध्ये १६ ओटा प्याकेजहरु मार्फत् ७० जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ ।

यस्तै १ ओटा प्याकेज मार्फत् ४ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा ५० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । ब्रोडब्याण्ड इन्टरनेट जडानको काम ९९.३५ प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ ।