सोल्टी इन्टरप्राइजेजले आफू मातहत सञ्चालित होटलहरूमा एनसीसी बैंकका ग्राहकहरूलाई १० प्रतिशत छुट दिने भएको छ ।
इन्टरप्राइजेज र बैंकबीच ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्न द्विपक्षीय सम्झौता भएको हो । प्रवर्द्धनात्मक कार्यक्रमहरू समेत संचालन गर्ने सहमति भएको बैंकले जानकारी दिएको छ ।
सम्झौतामार्फत बैंकका ग्राहकहरूले काठमाडौंस्थित सोल्टी होटल र नेपालगञ्जस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी गर्दा फूड एण्ड बेभरेजमा छुट प्राप्त गर्नेछन् ।