कीवर्डहरू -

जिपको विद्युतिय गाडी सार्वजनिक, नेपालमा पनि चाँडै सार्वजनिक हुने

जिपको विद्युतिय गाडी सार्वजनिक, नेपालमा पनि चाँडै सार्वजनिक हुने

अटोमोबाइल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने योजना सार्वजनिक गरेको छ ।

मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि–इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो ।

अहिले कुनै नाम नदिइएको यो इलेक्ट्रिक भेहिकल सुरुमा युरोपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । त्यसपछि नेपाल र भारतसहित एसिया प्यासिफिक क्षेत्रमा पनि ल्याइन्छ ।

यो इभी जिपको लेजेन्डरी क्यापाबिलिटी भएको सेग्मेन्टकै एक मात्र इभी हुने कम्पनीले दाबी गरेको छ ।

पहेँलो रंगको जिप इभीको आकार जिप रेनेगेड र कम्पासको बीचमा रहने देखिन्छ । फ्रन्ट सटमा जिपको सिग्नेचर सेभेन स्लट ग्रिल रहेको छ । साथै, एउटा ग्रिलमा अंग्रेजी अक्षरको ‘ई’ लेखिएको छ जसको अर्थ इलेक्ट्रिक भन्ने बुझिन्छ ।

पछाडिको भाग भने टेलपाइप विनाको चेरोकी वा रेनेगेड जस्तो देखिन्छ । जिपको इभिलाई सिइओ कार्लोस टेभेरेसले स्टेलेन्टिसको २०२१ रिभ्युमा पहिलो पटक ‘अनभिल’ गरेका हुन् ।

उनले सन् २०२६ सम्ममा आफ्नो युरोपेली विक्रीको सतप्रतिशत इभी हुने लक्ष्य लिएको बताए ।

त्यसैले जिपका सिइओ क्रिस्टिन म्युनिरले सन् २०२५ सम्म जिपले हरेक सेग्मेन्टमा इभी ल्याउने  जानकारी दिएका छन् । यसले ग्राहकलाई जिरो इमिसन फ्रिडम दिलाउने जिप ब्रान्डको लक्ष्यलाई हासिल गर्न मद्दत पुग्ने उनले बताए ।

जिपले सन् २०३० को अन्तसम्ममा आफ्नो लाइनअपमा ७५ ओटा बीईभी लन्च गरिसक्ने र विश्वभर वार्षिक ५० लाख इभि विक्री गर्ने लक्ष्य पनि सार्वजनिक गरेको छ ।

यसअघि स्टेलेन्टिससले आफ्नो युएस लाइनअपमा ¥यांग्लर र ग्रान्ड चेरोकीको फोर बाई ई प्लग इन हाइब्रिड भेरियन्ट थपिसकेको छ ।