कीवर्डहरू -

विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा रोबोटिक प्रविधिबाट शल्यक्रिया

विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा रोबोटिक प्रविधिबाट शल्यक्रिया

नेपालमै पहिलो पटक रोबोटिक आर्म प्रविधिबाट विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा शल्यक्रिया गरिएको छ ।

यस प्रविधिको प्रयोगले एम डाक्टरले गरेझैँ कठिनभन्दा कठिन शल्यक्रिया रोबोटले आफै गर्न सक्ने कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले बताएका छन् ।

यसले थुप्रै रोगको शल्यक्रियामा सघाउने पनि अस्पतालको आशा रहेको छ । रोबोटलाई दुवै आवाज वा मेकानिकल तरिकाबाट शल्यचिकित्सकले नियन्त्रण वा निर्देशन गर्न सक्नेछन् ।

शल्यक्रिया गर्ने रोबोटको अवधारणा सायन्स फिक्शन फिल्मबाट बाहिरको जस्तो लाग्न सक्छ, तर शल्यक्रिया कोठामा रोबोटहरु धेरै लोकप्रिय हुँदैछन् ।

मेडिकल कलेजले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा रोवोटिक आम प्रविधि सुरु गरेपछि हालसम्म २० वटा शल्यक्रिया गरिसकेको उल्लेख छ ।