कीवर्डहरू -

सजिलो मर्मत सेवामा ट्रु नर्थ एशोसिएट्सले १० करोड लगानी गर्ने

सजिलो मर्मत सेवामा ट्रु नर्थ एशोसिएट्सले १० करोड लगानी गर्ने

ट्रु नर्थ एशोसिएट्सले सजिलो मर्मत सेवामा १०० मिलियन अर्थात १० करोड रूपैयाँ लगानी गर्ने भएको छ । यसका लागि सजिलो मर्मत सेवा र ट्रु नर्थ एशोसिएट्सबिच एमओयु सम्पन्न भएको छ ।

यस लगानीले आउने दिनमा कम्पनीको वृद्धिमा सहयोग पुग्ने तथा यसको विस्तार पनि थप बल पुग्ने बताइएको छ । सजिलो सेवाले सन् २०१७ मा आईडिया स्टुडियो नेपालबाट इन्क्युबेसन पाएको थियो ।

सजिलो मर्मत सेवाले घरायसी तथा व्यापारिक संस्थाका भवनको मर्मत–सम्भारलाई आवश्यक सम्पूर्ण मिस्त्री–सेवा उपलब्ध गराउँदै आएको छ । यसले आफ्ना दक्ष प्राविधिकमार्फत् सेवा–सुविधा दिने गरेको छ ।