कीवर्डहरू -

इसेवाबाट निःशुल्क देशभरी रेमिट्यान्स पठाउन सकिने

इसेवाबाट निःशुल्क देशभरी रेमिट्यान्स पठाउन सकिने

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ । यो सुविधा मे ३१ सम्म चालु रहने कम्पनीले जनाएको छ ।

इसेवा वालेटका प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स देशभर रहेका १० हजार बढी भुक्तानी केन्द्र र ५ हजार बढी इसेवाका एजेन्टमार्फत तुरुन्तै प्राप्त गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले प्रति व्यक्ति, प्रति कारोबार, प्रतिदिन २५ हजार रुपैयाँसम्मको मात्र कारोवार गर्न मिल्ने व्यवस्था गरे संगै यो रेमिट्यान्स सेवाले सहज बनाउने कम्पनीले दाबी गरेको छ ।

त्यस्तै, इसेवाले ३ महिनासम्म हरेक महिना १ जना विजेतालाई एउटा रेडमी९ फोन दिने योजनासमेत ल्याएको छ । त्यसका लागि प्रयोगकर्ताले इसेवा एपको रेमिट्यान्स आइकोनमा क्लिक गरि इसेवा मनी ट्रान्सफरमा गइ तोकिएको विवरण पुरा गरी रेमिट्यान्स पठाउनु पर्ने हुन्छ ।