कीवर्डहरू -

एप्पलको एमवान अल्ट्रा चिप सार्वजनिक, कम्पनीको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चिप

एप्पलको एमवान अल्ट्रा चिप सार्वजनिक, कम्पनीको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चिप

एप्पलले एमवान अल्ट्रा चिप सार्वजनिक गरेको छ । यो चिप एप्पलको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चिप हो ।

एमवान अल्ट्रा चिप दुई ओटा एमवान म्याक्स चिपलाई जोडेर बनाइएको हो । यसले थ्रिडी रेन्डरीङ र फोटो एडिटिङको लागि एकदमै सहयोग पुर्याउने गर्दछ ।

चिपमा अल्ट्रा फ्युजन भन्ने फिचर पनि रहेको छ जसले मल्टिपल चिपहरुलाई कनेक्ट गर्नदिने गर्दछ । अल्ट्रा फ्युजन इन्टरकनेक्टले २.५ टेराबाइट पर सेकेण्डसम्मको ब्याण्डविथलाई सम्हाल्न सक्ने गर्दछ ।

यो चिपमा ११ बिलियन ट्रान्सिसटर रहेको छ । यसमा २० कोरको सिपियू र ६४ कोरको जिपियू रहेको छ । यो चिपले ओर्जिनल एमवान चिप भन्दा ८ गुणा छिटो ग्राफिक्स दिने गर्दछ ।