कीवर्डहरू -

भ्रामक समाचार सम्प्रेषण गर्ने दुई युट्युबर पक्राउ

भ्रामक समाचार सम्प्रेषण गर्ने दुई युट्युबर पक्राउ

युट्युबमा भ्रामक समाचार सम्प्रेषण तथा वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले नेपाल मिडिया नामक युट्युब च्यानलका सञ्चालक नागार्जुन नगरपालिका-८ भीमढुंगाका ५३ वर्षीय हरि उदासी भन्‍ने हरि परियार र विशाल नेपाल युट्युब च्यानलका राइनास नगरपालिका ३ घर भइ तारकेश्वर नगरपालिका- ४ शेषमती बस्‍ने २७ वर्षीय निशासन चिलवाललाई बुधबार पक्राउ गरेको हो ।

उनीहरूलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर मंगलबार पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।

उनीहरूलाई अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए ।

\"\"