कीवर्डहरू -

भिसा नेटवर्कका प्रयोगकर्ताले अब फोनपेको क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

भिसा नेटवर्कका प्रयोगकर्ताले अब फोनपेको क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

एमभिसा प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने भएका छन् । त्यसका लागि भिसा र फोनपेको बिहीबार साझेदारी भएको हो ।

यससँगै भिसा नेटवर्कमा आवद्ध भएका विदेशी पर्यटकले फोनपेको क्युआर कोड स्क्यान गरी नेपालमा कारोबार गर्न सक्ने भएका छन् । करिब २ वर्ष भिसासँगको काम पछि आज यो सेवा शुरू गर्न सफल भएको एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले बताए ।

फोनपेको क्युआर कोड स्क्यान गर्न भिसा इनेबल भएको मोबाइल बैंकिङ एप वा एमभिसा मोबाइल एप आवश्यक पर्नेछ ।

\"\"

अहिले बजारमा रहेका फोनपेका क्यूआर स्ट्यान्डले भिसा सपोर्ट नगर्ने फोनपेले जनाएको छ । त्यसका लागि फोनपेले बजारमा वितरण गरेका क्यूआर स्ट्यान्डहरु परिवर्तन गर्दै लैजाने योजना बनाएको छ ।

फोनपेले केही दिनअघि मोबाइल सेवा प्रदायक संस्था खल्ती र प्रभु पेलाई पनि आफ्नो नेटवर्कमा भित्र्याएको थियो ।