कीवर्डहरू -

४ जीबी र्यामसहित आईफोन एसई थ्री सार्वजनिक हुने

४ जीबी र्यामसहित आईफोन एसई थ्री सार्वजनिक हुने

एप्पलको पछिल्लो आईफोन एसई थ्री सार्वजनिक हुने भएको छ । आईफोन एसई थ्री पनि सन् २०२० मा सार्वजनिक भएको आईफोन एसई सरहनै रहेको छ ।

म्याकर्युमर्सको अनुसार आईफोन एसई थ्रीमा आईफोन १३ जसरीनै ४ जिबीको र्याम रहेको छ ।

आईफोन एसई २०२० मा ३ जिबीको र्याम रहेको थियो । र्याम बढेका कारणले फोनमा फोटो एडिट गर्न, गेम खेल्न र मल्टिटास्क गर्न सहज हुनेछ ।

यस डिभाइसमा र्याम बढाइएकाले भविष्यको अरु एप्पल डिभाइस्मा पनि र्याम बढाएर सार्वजनिक हुने आशा गर्न सकिन्छ । रिपोर्ट अनुसार आईफोन एसई थ्री करिब ७४ हजार नेपाली रुपैयाँमा उपलब्ध हुनेछ ।