कीवर्डहरू -

भिसा र फोनपेबीच सम्झौता, भिसा नेटवर्कका प्रयोगकर्ताले फोनपेको क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

भिसा र फोनपेबीच सम्झौता, भिसा नेटवर्कका प्रयोगकर्ताले फोनपेको क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

एमभिसा प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने भएका छन् । त्यसका लागि भिसा र फोनपेको बिहीबार साझेदारी भएको हो । यससँगै भिसा नेटवर्कमा आवद्ध भएका विदेशी पर्यटकले फोनपेको क्युआर कोड स्क्यान गरी नेपालमा कारोबार गर्न सक्ने भएका छन् ।

सन् २००४ मार्च ६ मा स्थापना भएको एफवान सफ्टले केही दिन अघि मात्रै आफ्नो १८ औं वार्षिकोत्सव मनाएको थियो । कम्पनीले मार्च १०, २०२२ मा फोनपे र भिसा लञ्च इभेन्ट आयोजना गरेको थियो ।

कार्यक्रममा सञ्चालकको भूमिका ऊर्जा नेवाले गरेकी थिइन् । अब नेपालमा भिसा र फोनपेको सम्झौताले गर्दा स्कयान टू पे सेवा लिन सकिनेछ । यस भिसा र फोनपे लञ्च कार्यक्रममा अतिथीको रुपमा अमेरिकी दूतावासको मिसन उपप्रमुख म्यानी मककिलर र एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले पानसमा दियो बालेर कार्यक्रमको आधिकारिक रुपमा सुरुवात गरेका थिए। त्यसपछि कार्यक्रममा स्वागत मन्तव्य राख्दै फोनपेका सहायक प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले फोनपेको सफलताको बारेमा पनि बताएका थिए।

उनी फोनपेको सुरुवातदेखिनै कम्पनीसँग आवद्ध रहेका छन् । उनले फोनपेले गत तीन वर्षमा सफलतापूर्वक नेपालमा आफ्नो प्रडक्ट र सेवाको विस्तार गरिरहेको बताए । फोनपेले आफ्नो क्युआर भुक्तानी, फण्ड ट्रान्सफर र अनलाइन पेमेन्ट जस्ता  प्रडक्ट र सेवाले हर एक नेपाली माझ पुग्न खोजिरहेको पनि बताए । सापकोटाले भने ‘गत दुई वर्ष देखि हामी भिसासँग नेपाली र अन्र्तराष्ट्रिय बजार बिचको दूरी जोड्नका लागि काम गरिरहेका थियौँ ।

हामीले भिसा टू भिसा स्क्यान टू पे सेवा पनि फोनपे नेटवर्कबाट तपाई माझमा ल्याएका छौँ।’ यस सम्झौताले माइक्रो तथा सानो व्यवसायहरुलाई डिजिटल भुक्तानी लिनलाई सहज बनाउने विश्वास पनि सापकोटाले व्यक्त गरे । फोनपेले सुरक्षित, छिटो, सस्तो, सजिलो र सेक्योर पूर्वाधारको विकासका लागि यस प्रोजेक्टमा काम गरेको उनले बताए ।

यस सम्झौताले पर्यटकहरु नेपाल घुम्न आउँदा कुनै पनि कुराको पैसा तिर्न एकदमै सहज हुने उनको मान्यता रहेको छ । अब भिसा कार्ड हुने प्रयोगकर्ताले जुन कुनै पसलमा स्कयान गरेर पे गर्न सक्ने उनले बताए । फोनपेले ६ लाख बढि व्यवसायहरुलाई डिजिटल भुक्तानी लिनका लागि वित्तिय समावेशीकरण गरेको पनि उनले खुलाए ।

यो संख्या आगामी दिनमा अझै बढि हुने पनि उनको भनाइ रहेको थियो। नेपालमा क्यासलेस सोसाईटीको विचारलाई अग्रीम बनाउन यस प्रोजेक्टले मद्दत पुर्याउने दिवस सापकोटाको विश्वास रहेको छ ।

सम्पर्कविहिन क्युआर भुक्तानीलाई सुदृढ बनाउनका लागि फोनपेले बिएफआई, पिएसपी र बैंकहरुसँग नजिकिएरै काम गर्ने प्रतिबद्धता पनि सापकोटाले जनाए।

उनले राष्ट्र बैकका गर्भनर तथा सम्पूर्ण राष्ट्र बैकं परिवार, नबिल बैंक र भिसा टिमलाई हार्दिक आधार पनि व्यक्त गरेका थिए ।

\"\"

त्यसपछि भिसाका कन्ट्री म्यानेजर सौम्या बासुले कार्यक्रममा मन्तव्य राखेका थिए । उनी सन् २०१६ देखि भिसासँग आवद्ध रहेका छन् र दक्षिण एसियाका देश नेपाल, बगंलादेश र भारतमा भिसाको समग्र व्यवस्थापन, रणनीति विकास र कार्यान्वयनको इन्चार्ज हुन् ।

उनले बताए ‘भिसाले संसारलाई सुरक्षित र भरपर्दाे वेटवर्कले जोड्न खोजेको छ । भिसा एक विश्वासी नेटवर्क हो र भुक्तानी नेटवर्कमा हामी शीर्ष स्थानमा रहेका छौँ । हामीले मान्छेहरुलाई विश्वव्यपी अर्थतन्त्रमा जोड्नलाई सक्दो प्रयास गरिरहेका छौँ र त्यही मनसाय सहित फोनपेसँग सम्झौता गरिएको हो । ’ भिसा नेपालमा २५ भन्दा बढि वर्ष देखि रहेको र यो सम्झौता भिसाको लागि एक माइलस्टोन रहेको पनि बासुले बताए ।

उनले पनि राष्ट्र बैंक र नबिल बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए । करिब ३ करोड जनसंख्या भएको देशलाई फोनपेले अनबोर्ड गरेर सबैलाईसँगै लिई काम गरिरहेको देख्दा पनि आफूलाई खुशी लागेको उनले बताए । भिसाको पनि नेपालमा करिब ९० लाख कार्डवाहक रहेको तथ्याकं पनि उनले सार्वजनिक गरेका थिए ।

\"\"

पहिले भिसा कार्ड भएका र आगामी दिनमा कार्डवाहकहरुले भिसाले पावर गरेको स्कयान टू पे एप प्रयोग गर्न सक्ने उनले खुलाए । पर्यटकीय देश रहेकाले नेपालमा पहिलेजसरीनै पर्यटकीय आगमन सुरु भएपछि यस सम्झौताले एकदमै मद्दत पुर्याउने बासुले बताए । पर्यटकहरुले सानो भन्दा सानो कारोबार पनि भिसा कार्ड मार्फत क्यासको प्रयोग नगरिकनै गर्न सक्ने अवसर पाउने उनले बताए ।

कार्यक्रममा यसपश्चात नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मन्तव्य राखेका थिए । उनले नेपालमा स्टर्याण्डर्ड चार्टर मार्फत बैकिङ यात्राको थालनी गरेका थिए जहाँ उनले १३ वर्षको अनुभव समेटेका थिए ।

उनी सन् २०१८ देखि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका छन् । उनले अन्र्तराष्ट्रि सहकार्यको महत्व र यो कसरी सञ्चालन गरिन्छ भन्ने बारे मन्त्वय राखेका थिए । उनले प्रेजेन्टसन स्लाईड मार्फत आफ्नो कुरा राखेका थिए ।

उनी तत्कालिन ग्रीनलेस र अहिलेको स्टर्याण्डर्ड चार्टर बैंकमा रहँदा नेपालमा भिसा कार्ड ल्याउन काम गरिरहेको टोलीमा आफू पनि एक रहेको कुरालाई सम्झिएका थिए ।

उनले त्यो समयमा कार्ड मशिन लिएर पसलैससल धाएर व्यापारीहरुलाई त्यसको प्रयोग गर्नलाई मनाउने गरेको अनुभव पनि साटेका थिए । त्यो समयमा नेपालीवासीहरुलाई भिसा कार्डको कन्सेप्ट बुझाउने गाह्र्रो परेको र व्यवसायीहरले पैसा नलिएर किन कार्ड प्रयोग गर्ने र भनेर बुझ्न नसकेको र अहिले नेपालमा करिब ९० लाख भिसा कार्डवाहक भएको देख्दा हामी धेरै टाढा आईसकेका रहेछौँ भन्ने लाग्ने गरेको भाव व्यक्त गरे ।

गाउँगाउँमा अब भिसा कार्ड उपलब्ध हुने जसकारणले पर्यटकलाई केही कुरा खरिद गर्न पनि सहज हुने उनी बताउँछन् । ‘क्यास भएसम्म पर्यटकहरु सिमीत मात्रै खर्च गर्नसक्थे तर अब कार्ड भएमा एउटा परिणत गरेको रकम सकिएला भन्ने डर नभएपछि स्थानीय व्यवसायीहरसँग सामान खदिन गर्न उनीहरु अझै प्रोत्साहित हुनेछन् ।’ केशरी शाहले बताए ।

यो नेपालका लागि एक क्रान्तिकारी पल भएको उनले बताए । फोनपेले हर एक नेपालीलाई ससानो विक्रेताकोमा गएर क्युआर कोड मार्फत भुक्तानी गर्न सम्भव पारिदिएको छ । ‘नेपालको विभिन्न गाउँघरमा हुने हाटबजारमा पनि क्युआर सेवा चाँडै उपलब्ध होस् भन्ने मेरो सपना रहेको छ र मेरो विश्वास छ यो चाँडै सम्भव पनि हुनेछ ।’ केशरी शाहले बताए । राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारी बिना क्युआर सेवा नेपालमा उपलब्ध गराउन सम्भव नहुने पनि केशरी शाहले बताएका थिए ।

गुरु प्रसाद पौडेल, कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभाग, नेपाल राष्ट्र बैंक

भुक्तानी सहजकर्ताको रूपमा भिसा र फोनपे बीचको साझेदारीले नेपालको भुक्तानी उद्योगको समग्र परिदृश्यको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

यो दिन नेपाली भुक्तानी प्रणालीको लागि अर्को कोसेढुङ्गाको रूपमा चिन्हित हुन सक्छ। भिसा जस्ता कार्ड नेटवर्कमा विश्व बजारको अग्रणी नेपाल भुक्तानी प्रणाली अपरेटर फोनपेसँगको सहकार्य गर्वको विषय हो ।

भिसा कार्ड र मोबाइल बैंकिङ जस्ता स्विङ एप्लिकेसनलाई एकीकृत गरी क्युआर आधारित भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ शुरु गरिएको यस सहकार्यले आगामी दिनमा पनि नेपालका सर्वसाधारणलाई सञ्चालनयोग्य सेवामा नयाँ उपलब्धिहरू प्रदान गर्ने विश्वास लिएको छु।

नेपालका लागि वस्तु तथा सेवा खरिदका लागि भुक्तानी गर्न पनि अब झन सहज हुने भएको छ। नेपालमा अझै धेरै पर्यटक आउने अपेक्षा गरेका छौं ।

यस्तो साझेदारीले पर्यटकलाई भुक्तान गर्न सहज हुनेछ । यस्तै उक्त साझेदारी नेपाल राष्ट्र बैंकले करिब एक महिना अगाडि जारी गरेको अन्तरसञ्चालनको नियमनसँग मिल्दोजुल्दो भएकाले भुक्तानीमा अन्तर सञ्चालनशीलतालाई सक्षम बनाउन पनि योगदान पुर्याउने विश्वास लिएको छु। नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्न भिसा र फोनपेको योगदानको प्रशंसा गर्दै, मलाई विश्वास छ कि यो सहकार्यले हामीलाई नगदरहित समाज स्थापना गर्ने र लागत घटाउने र जोखिम न्यूनीकरण गर्ने हाम्रो लक्ष्य हासिल गर्न मद्दत गर्नेछ।

फोनपेले प्री एमडीआरको पहल गरेको छ र नेपाल राष्ट्र बैंकले नेपालको अर्थतन्त्रलाई डिजिटल रूपान्तरण गर्ने यस पहललाई स्वागत गरेको छ । हामी सबै क्युआर अपरेटरहरू वा इजाजतपत्र प्राप्त संस्थाहरूलाई डिजिटल पहलको भागको रूपमा केही वर्षको लागि शुल्कमा अनुदान दिन आग्रह गर्छौं ।

मलाई आशा छ कि यो सम्झौताले आम जनता र समग्र प्रणालीको लागत बढाउने छैन। मलाई विश्वास छ कि यसले क्युआर भुक्तानीमा पनि देश भित्रै रुट गरिएको डेटाको महत्त्वलाई विचार गरेको छ।

मेनुअल मिस्कलर, मिसन उपप्रमुख, अमेरिकी दूतावास

भिसा, एक अमेरिकी बहुराष्ट्रिय वित्तीय सेवा निगम र फोनपे, डिजिटल भुक्तानी प्रोसेसर बीचको यो सहकार्यले उपभोक्ता, बैंक र व्यापारीहरूलाई अन्तरक्रियात्मक नेटवर्कमा मोबाइल, डिजिटल भुक्तानीहरूको सुविधा प्रदान गर्दछ ।

हामी अमेरिकी दूतावासमा नेपाल र संयुक्त राज्य अमेरिका बीचको व्यापारिक सम्बन्ध देखेर साँच्चै खुसी छौं। भिसा अमेरिकीहरूको सबैभन्दा चिनिने ब्रान्डहरू मध्ये एक हो र सन् १९५८ मा यसको सुरुवात भएपछि आहिले यो प्राय सबैको लोकप्रिय ब्रान्ड भएको छ।

यो वित्तीय र भुक्तानी प्रविधिहरूमा निरन्तर नवीनता र नेतृत्वको माध्यमबाट सान्दर्भिक रहेको छ। भिसाको पनि कर्पोरेट सामाजिक उत्तरदायित्वको लामो विशिष्ट इतिहास रहेको छ र अन्य कम्पनीहरूका लागि नमुना बनेको छ। यो परम्परा आज पनि जारी छ।

हामी युक्रेनी जनताको रुसको समर्थनमा सञ्चालन स्थगित गर्ने भिसाको प्रमुख निर्णयको प्रशंसा गर्छौं। र हामी भिसाका सीईओ, केलीलाई यस मुद्दामा निजी क्षेत्रको नेतृत्वको लागि धन्यवाद दिन्छौं।

भिसा र फोनपे बीचको यस सहकार्यमा म खुसी छु। दिगो आर्थिक बृद्धि सृजना गर्नु अमेरिकी दूतावासको शीर्ष प्राथमिकताहरू मध्ये एक हो ।

नेपालले आफ्नो अर्थतन्त्रलाई अगाडि बढाउने हो भने निजी क्षेत्रले अग्रणी भूमिका खेल्नुपर्ने हुन्छ  र मुलुक प्रत्यक्ष वैदेशिक लगानीका लागि थप स्वागतयोग्य बन्नुपर्छ ।

हामी थप अमेरिकी कम्पनीले नेपाली जनतालाई नेपालमा भिसा जस्ता सेवा उपलब्ध गराएको हेर्न चाहन्छौं। गुणस्तरीय विदेशी लगानीकर्ता र उत्पादन र सेवाहरू आकर्षित गर्न सहयोगी र स्थिर व्यापार र लगानीको वातावरण चाहिन्छ किनकि हामी सबैलाई थाहा छ विदेशी लगानीले रोजगारी सिर्जना गर्छ, प्रतिस्पर्धा बढाउँछ, बजारमा उत्पादनको गुणस्तर बढाउँछ र सबैका लागि आर्थिक अवसर सिर्जना गर्न मद्दत गर्छ। र यसले नेपाल र अमेरिका दुवैलाई फाइदा पुग्छ ।

\"\"

विश्वास ढकाल, अध्यक्ष, एफवानसफ्ट ग्रुप

एफवानसफ्ट विगत १८ वर्षदेखि बैंकिङ प्रविधिमा छ। जब हामीले मोबाइल वित्तीय सेवाहरू, मोबाइल बैंकिङ उत्पादनहरू विकास गर्न थाल्यौं हामीले स्थानीय रूपमा भुक्तानी प्रशोधन गर्नमा प्राथमिकता दियौं। र यसरी फोनपेको सुरुवात भयो । साढे दुई वर्ष पहिले झण्डै ३ वर्षअघि हामीले फोनपे ब्रान्डका साथमा सबै वित्तीय संस्थाहरू, सबै भुक्तानी कम्पनीहरूलाई आन्तरिक रूपमा अन्तरसञ्चालनयोग्य कारोबारहरू गर्न सक्षम बनाउनका लागि आएका थियौं।

हामीसँग अन्तरक्रियात्मक प्लेटफर्मको रूपमा फोन भुक्तानी निर्माण गर्ने दृष्टिकोण थियो । संसारमा सधैं एक प्रतिष्ठित ब्रान्ड वा प्रतिष्ठित कम्पनी हुन्छ जसलाई हामि पछ्याउने गर्छौं। यसले  गुणस्तर सेवा कसरि दिने, कसरि डेलिभर गर्ने जस्ता आवश्यक सिक सिकाउँछ । त्यसैले भिसा सधैं हाम्रोलागि एउटा त्यो ब्रान्ड हो।

त्यसैले, आज फोनपेले सबै समय लेनदेन प्रशोधनमा मात्र नभई सबै दिशानिर्देशहरू, सबै मानकीकरण, सबै संयन्त्रहरू जुन हामीले विकास गरेका छौँ, लगभग सबै कुरा भिसा मानकको आधारमा छ। त्यसैले यो परियोजना हाम्रो हृदयसँग धेरै जोडिएको कारण हो। र यो परियोजनाले हामीलाई आजको शोकेसको रूपमा प्रस्तुत गर्दछ ।