कीवर्डहरू -

स्टार्टअप वा इन्नोभेटिभ आइडियालाई क्यान इन्फोटेकमा सहभागी हुने अवसर, यसरी दिनुहोस् आवेदन 

स्टार्टअप वा इन्नोभेटिभ आइडियालाई क्यान इन्फोटेकमा सहभागी हुने अवसर, यसरी दिनुहोस् आवेदन 

क्यान महासंघले स्टार्टअप तथा इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टलाई क्यान इन्फोटेक २०२२ मा सहभागी हुन् आह्वान गरेको छ ।

आगामी वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने क्यान इन्फोटेकमा सहभागी हुनका लागि दर्ता गर्न क्यान महासंघले मंगलबार आग्रह गरेको हो ।

आगामी मार्च ३० सम्म सहभागीका लागि आवेदन दिन सकिने छ । यदी तपाईसँग कुनै स्टार्टअप वा आईडिया छ भने यहाँ क्लिक गरी दर्ता गर्नुहोस् । त्यसपछि मार्च ३१ मा नतिजा घोषणा गरिने छ ।

अनि छनोट भएका स्टार्टअप वा आईडियालाई प्रिजेन्टेसन र डेमोन्सट्रेसनका लागि सम्पर्क गरिने छ । छनोट हुनेले न्युनतम शुल्क वा निःशुल्क रूपमा आफ्नो स्टार्टअप वा आईडियाको प्रवर्द्धनका लागि इन्फोटेकमा प्लेटफर्म पाउने छन् ।

त्यस्तै छनोट हुनेले इन्ट्रान्स पास, नेटवर्किङको अवसर, प्रमाणपत्र, टोकन अफ लभ, उद्यमी तथा लगानीकर्तासँग मिटिङ लगायतको सुविधा पाउने महासंघले जनाएको छ ।

\"\"