कीवर्डहरू -

नेपाल क्लियरिङ हाउसमा रोजगारीको अवसर

नेपाल क्लियरिङ हाउसमा रोजगारीको अवसर

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विभिन्न पदमा रोजगारीको विज्ञापन खुलाएको छ । एनसीएचएलले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको हो ।

कम्पनीले इन्फर्मेसन सेक्युरिटी अफिसर १ जना, सफ्टवेयर डेभलपर (ब्याक एन्ड) २ जना, सफ्टवेयर डेभलपर (फुल स्ट्याक) ४ जना, एन्ड्रोइड डेभलपर १ जना, आईओएस डेभलपर १ जना, डेभलपर (फ्रन्ट एन्ड) १ जना मागेको छ ।

त्यस्तै जुनियर डेभलपर (फ्रन्ट-एन्ड) १ जना, क्वालिटी एस्युरेन्स इन्जिनियर २ जना, डेभअप्स इन्जिनियर १ जना, सपोर्ट एनालिस्टर एक्जिक्युटिभ २ जना, सिस्टम एनालिस्ट ३ जना, अपरेसन एक्जिक्युटिभ २ जना, एनालिस्ट (पेमेन्ट सिस्टम) ३ जना र एचआर एण्ड एडमिन एक्जिक्युटिभ १ जना मागेको छ ।

इच्छुकले आगामी चैत १६ गतेसम्म आवेदन दिन सक्ने छन् । यदी तपाई पनि आवेदन दिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । एनसीएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रणालीको अनुमति पाएको संस्था हो ।