कीवर्डहरू -

डिजिटल प्रणालीद्वारा जग्गाको नापनक्सा सम्बन्धी निर्देशिका जारी (निर्देशिकासहित)

डिजिटल प्रणालीद्वारा जग्गाको नापनक्सा सम्बन्धी निर्देशिका जारी (निर्देशिकासहित)

सरकारले डिजिटल प्रणालीद्वारा जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ जारी गरेको छ । बिहीबार भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले उक्त निर्देशिका राजपत्रमा प्रकाशित गरेको हो ।

डिजिटल प्रणाली मार्फत जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवालाई सरल, सहज, छिटो, छरितो तथा सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि नै देशभरका मालपोत कार्यालयबाट अनलाइन सेवा सुरु गरेको भए पनि निर्देशिका तयार भएको थिएन । अब निर्देशिका तयार भएसँगै काममा झनै सहज हुनेछ ।

मन्त्रायले अनलाइनबाटै सेवा प्रदान गर्न मेरो कित्ता सिस्टमको विकास गरेको छ । जसबाट कित्तानापी नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्ट, प्लट रजिष्टर प्रिन्ट, फिल्ड रेखांकन, राजस्व भुक्तानी लगायतका काम गर्न सकिने छ ।

मेरो कित्ताबाट सेवा लिन निवेदकले अनुरोध गर्दा आफ्ना नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र र जग्गाधनी प्रमाणपूर्जाको स्क्यान गरी इमेज ढाँचामा अपलोड गर्नुपर्नेछ ।

यस्तो छ निर्देशिका