कीवर्डहरू -

सामसङको नयाँ स्मार्टफोन ए ५३ फाइभ जी सार्वजनिक

सामसङको नयाँ स्मार्टफोन ए ५३ फाइभ जी सार्वजनिक

सामसङले आफ्नो नयाँ स्मार्टफोन ए ५३ फाइभ जी सार्वजनिक गरेको छ । यसले एआई सपोर्ट दिने गर्दछ, जसले गर्दा कम लाईटमा पनि फोटो राम्रो देखिने गर्दछ ।

फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । ए ५३ को क्यामेरा प्रणालीमा ६४ मेगापिक्सेलको प्राइमरी लेन्स रहेको छ।

ए ५३ ६.५ इन्चको एमओएलइडी डिस्प्लेका साथ सार्वजनिक गरिएको हो । यसमा ६ जिबी र्याम हुने गर्दछ र फोनको स्टोरेज १२८ जिबी भर्सनमा उपलब्ध भएको छ ।

फोनमा एन्ड्रोइड १२ प्रयोग गरिएको छ । ए ५३ ४४९.९९ अमेरिकी डलर मा खरिद गर्न सकिनेछ । मार्च ३१ देखि कम्पनीले ए ५३ को विक्रि पनि सुरू गर्ने भएको छ ।