कीवर्डहरू -

नास्टले नेपालमै बनायो विद्युतीय स्कुटर

नास्टले नेपालमै बनायो विद्युतीय स्कुटर

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विद्युतीय (इलेक्ट्रीक) स्कुटर बनाएको छ । लुम्बिनी प्रदेशसँगको सहकार्यमा नास्टले विद्युतीय स्कुटर बनाएको हो ।

लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा नास्टले विद्युतीय स्कुटर तयार पारेको नास्टको प्रविधि संकायका प्रमुख रविन्द्र ढकालले जानकारी दिए ।

उक्त विद्युतीय स्कुटर परियोजनाको नेतृत्व प्रलाद गुप्ताले गरेका थिए । नास्टका उपकुलपति सुनिल बाबु श्रेष्ठ, रविन्द्र ढकाल लगायतले सो स्कुटर चलाएर परीक्षण समेत भइसकेको छ ।