कीवर्डहरू -

साइबर सेक्युरिटी ल्याब स्थापना गर्न पहिलो चरणमा ४ वटा कम्पनी छनोट

साइबर सेक्युरिटी ल्याब स्थापना गर्न पहिलो चरणमा ४ वटा कम्पनी छनोट

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापनाका लागि पहिलो चरणमा ४ वटा कम्पनी छनोट गरेको छ । त्यसका लागि प्राधिकरणले यसअघि परामर्शदाताको आशयपत्र माग गरेको थियो ।

आशयपत्र पेश गरेका कम्पनी मध्येबाट प्राधिकरणले ४ वटा कम्पनी शर्टलिष्ट गरेको हो । छनोट हुने कम्पनीमा भारतको अन्स्ट एण्ड योङ एलएलपी, नेपालको सुबिसु केबलनेट लिमिटेड, पोल्याण्डको पेन्टाकम्पी सिस्टम इन्फरम्याटिज्नी र भारतको फ्यालकन राकमको जेभी रहेका छन् ।

छनोट भएका ४ कम्पनीले अब आर्थिक र प्राविधिक प्रस्ताव पेश गर्नेछन् । उक्त प्रस्तावका आधारमा एउटा कम्पनीलाई ल्याब स्थापना गर्ने जिम्मा दिइनेछ ।

नेपालमै साइबर सुरक्षाको अध्ययन, अनुसन्धानका साथै तालिम प्रदान गर्ने उद्देश्यले साइबर सेक्युरिटी ल्याब स्थापना गर्ने परियोजना प्राधिकरणले अगाडि बढाएको हो ।

साइबर सेक्युरिटी ल्याबले टेलिकम क्षेत्रको कम्प्युटर सिस्टममा आउने विभिन्न आकस्मिक खतराहरुलाई समाधान गर्न रेस्पोन्स टिमको रुपमा पनि काम गर्नेछ ।