कीवर्डहरू -

लेभल फिफ्टीवान नेपालले आविष्कार केन्द्रलाई दियो ५ वटा नयाँ ल्यापटप

लेभल फिफ्टीवान नेपालले आविष्कार केन्द्रलाई दियो ५ वटा नयाँ ल्यापटप

लेभल फिफ्टीवान नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई ५ वटा नयाँ ल्यापटप दान गरेको छ । कम्पनीले ३ लाख ५० हजार मूल्य बराबरका ५ वटा नयाँ ल्यापटप आविष्कार केन्द्रलाई दिएको हो ।

ल्यापटपहरु कम्पनीका संस्थापक कुशल रिमाल, म्यानेजर सुदिप राई र मार्केटिङ्ग म्यानेजर विदित सिंहले आविष्कार केन्द्रमा गएर केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरेका हुन् ।

उक्त ल्यापटप राष्ट्रिय आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरूले प्रयोग गर्ने पुनले जानकारी दिए । लेभल ५१  अन्तर्राष्ट्रिय ओईएम ब्राण्ड हो, जसले नेपालमा पनि सेवा प्रदान गर्दै आएको छ ।