कीवर्डहरू -

८ महिनामा ३ अर्ब बढीका राउटर आयात 

८ महिनामा ३ अर्ब बढीका राउटर आयात 

नेपालमा ८ महिनामा ३ अर्ब बढीको राउटर आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ३ अर्ब १७ करोड ६९ लाख ९८ हजार बराबरको राउटर आयात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार नेपालमा ३ अर्ब १७ करोड ६९ लाख ९८ हजार बराबरका ९४ लाख २८ हजार ७ वटा राउटर आयात भएका छन् ।

उक्त आयातबाट ५९ करोड ८ लाख ६० हजार रूपैयाँ राजस्व सरकारलाई प्राप्त भएको तथ्यांकमा उल्लेख गरिएको छ ।