कीवर्डहरू -

अब अनलाइनबाटै बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्न सकिने

अब अनलाइनबाटै बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्न सकिने

अब अनलाइनबाटै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न सकिने भएको छ । मंगलबारदेखि बीमा सर्भेयर तथा बीमा अभिकर्ताको लाइसेन्स अनलाइन नवीकरण गर्न सकिने सेवाको शुभारम्भ भएको हो ।

मंगलबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

अब ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजत पत्र मोबाइल वा कम्प्युटरबाट नवीकरण गर्न सक्ने जनाइएको छ ।