कीवर्डहरू -

ल्यापससले माइक्रोसफ्टको डेटा ह्याक गरेको आशंका

ल्यापससले माइक्रोसफ्टको डेटा ह्याक गरेको आशंका

संवेदनशील डेटाको स्क्रीनसट लिक भएपछि माइक्रोसफ्टले ह्याक भएको हो की भनेर छानबिन सुरु गरेको छ । यो आक्रमण पनि दक्षिण अमेरिकी ह्याकिगं समूह ल्यापससलेनै गरेको आशंका गरिएको छ ।

मदरबोर्डको रिपोर्ट अनुसार ल्यापससले आफ्नो टेलिग्राम च्यानलमा माइक्रोसफ्टको संवेदनशील डेटाको स्क्रीनसट सेयर गरेको छ । डेटामा माइक्रोसफ्टको सोर्स कोड रहेको छ ।

पोस्ट गरिएको स्क्रीनसटलाई ल्यापससले अहिले डिलिट गरेको छ र अहिलेका लागि डिलिट गरिएता पनि पछि पुनः पोस्ट गर्ने भनेर स्टाटस हालिएको छ । यस सन्दर्भमा माइक्रोसफ्टले अनुसन्धान गरिरहेको छ ।

हालै ल्यापससले सामसङ, एनभिडिया जस्ता कम्पनीहरुलाई पनि ह्याक गरेको थियो । ह्याकरहरुले सामसङको १९० जीबी संवेदनशील डेटा चोरी गरेको दावी गरेका थिए ।