कीवर्डहरू -

धितोपत्र बोर्डले शुक्रबार जुमबाट लगानीकर्तालाई प्रशिक्षण दिदै

धितोपत्र बोर्डले शुक्रबार जुमबाट लगानीकर्तालाई प्रशिक्षण दिदै

नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई प्रशिक्षण दिने भएको छ । ग्लोबल मनी विक २०२२ को अवसरमा बोर्डले लगानीकर्तालाई अवयरनेस कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

बोर्डले सामुहिक लगानी कोष र क्रेडिट रेटिङ्गका आधारभूत विषयमा चैत ११ गते शुक्रबार जुमबाट प्रशिक्षण दिने भएको छ ।शुक्रबार दिउँसो १ः३० बजेदेखि आयोजना गरिने कार्यक्रम नेपाल धितोपत्र बोर्डले आयोजना गर्ने भएको हो ।

उक्त कार्यक्रममा यहाँ क्लिक गरी रजिष्टर गरेर सहभागी हुन सकिने छ । त्यस्तै नेपाल धितोपत्र बोर्डको आधिकारिक फेसबुक पेजबाट समेत उक्त प्रशिक्षण कार्यक्रम प्रत्यक्ष प्रसारण हुनेछ ।