कीवर्डहरू -

अब अनलाइनबाटै वैदेशिक रोजगार बोर्डले दिने आर्थिक सहायताका लागि निवेदन दिन सकिने

अब अनलाइनबाटै वैदेशिक रोजगार बोर्डले दिने आर्थिक सहायताका लागि निवेदन दिन सकिने

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको कामदारको मृत्यु वा अंग भंग भएमा आर्थिक सहायता लिनका लागि अब अनलाइनबाट नै निवदेन दिन सकिने भएको छ ।

वैदेशिक रोजगारीको क्रममा मृत्यु तथा अंगभंग भएका श्रमिकका परिवारले पाउने आर्थिक सहायता तथा क्षतिपूर्ती अनलाइन प्रणाली प्रयोग गरी  स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन सकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

यसका लागि नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको फागुन २९ को निर्णयबाट वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली कार्यविधि, २०७८ स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ ।

अनलाइनबाट प्रवाह हुने सेवाका लागि इच्छुक स्थानीय तहहरूले स्थानीय तहहरूले चैत मसान्तभित्र आधिकारिक व्यक्तिको सम्पर्क नम्बर, इमेल, ठेगाना र दस्तखत गरी सचिवालयमा पत्राचार गर्न ब्रोडले आग्रह गरेको छ ।

यस्तो छ सूचना

\"\"