कीवर्डहरू -

सीजीको नयाँ वर्ष अफर, विद्युतीय सामान खरिदमा आकर्षक क्यास ब्याक र पक्का उपहार

सीजीको नयाँ वर्ष अफर, विद्युतीय सामान खरिदमा आकर्षक क्यास ब्याक र पक्का उपहार

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ नामक नयाँ वर्षको स्कीम बजारमा ल्याएको छ ।

सो स्कीम अन्तर्गत अब ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा रु.४९,९०० सम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त स्कीम अन्तर्गत ग्राहकहरूले सी.जी. ब्राण्डका ५५ इन्च वा सो भन्दा माथिका टिभीको खरिदमा रु.५१९० बराबरको आकर्षक सीजीको स्पीकर  र ५० इन्च सम्मका टि.भी.को खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन् ।

त्यसैगरी ‘मल्टी डोर साईड बाइ साईड रेफ्रिजेरेटरहरूको खरिदमा रु.४६४० मूल्य बराबरको आकर्षक सीजीको इन्डक्सन चुल्हो प्राप्त गर्नेछन् ।

यस्तै सीजी ब्राण्डका डबल डोर रेफ्रिजेरेटरको खरिदमा भने रु.१५५० बराबरको सीजी भ्याकुम फ्लास्क र सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्नेछन् ।

यसैगरी, फ्रन्टलोड वाशिङ मेशिनहरूको खरिदमा ६ केजी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनको खरिदमा २ केजी एरियल पाउडर र स्टीम वाश डिशवाशरको खरिदमा डिशवाशर किट प्राप्त गर्नेछन् ।

सीजी ब्राण्डका मल्टी मिडिया, साउन्ड बार र ट्रली जस्ता अडियो सिस्टमका खरिदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरिदमा ग्राहकहरूले खाना पकाउने आकर्षक सामाग्रीहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।