कीवर्डहरू -

सबै बिटक्वाइन माइन भएमा के हुन्छ ?

सबै बिटक्वाइन माइन भएमा के हुन्छ ?

बिटकोइन हामी नेपालीहरुका लागि अलि 'अचम्म' कै विषय हो भन्दा फरक नपर्ला । हाम्रो देशमा अहिलेसम्म बिटक्वाइन प्रयोगमा नआएका कारण धेरै जनाले यस बारेमा थाहा पाएका छैनन् ।

बिटक्वाइनको नाम मात्रै सुन्दा कुनै देशको मुद्राको बारेमा कुरा गरिरहेको जस्तो लाग्ने गर्दछ । यसलाई विशेषगरी क्रिप्टोकरेन्सी भनिन्छ । यो एक डिजिटल करेन्सी हो ।

बिटक्वाइन जटिल गणित समस्याहरूलाई मिलाएर बनाइएको एक विद्युतीय मुद्रा हो । यो क्यासको अनलाइन स्वरुप हो । यसलाई सजिलैसँग सामान किन्न र बेच्न प्रयोग गर्न सकिन्छ । तर अहिलेसम्म पनि धेरै देशहरुले यसलाई आधिकारिक मानेका छैनन्, जसमा एक नेपाल पनि एक हो ।

बिटक्वाइनमा कुनै पनि एउटा केन्द्रीय बैंक वा संस्थाको नियन्त्रण हुदैन् । त्यस कारण यसलाई एउटा विकेन्द्रीकृत विद्युतीय सम्पत्ति पनि भन्न सकिन्छ । बिटकोइनहरुमा प्राइभेट कोडहरु प्रिन्ट गरिएको हुन्छ । ती कोडहरु बिना बिटकोइन मूल्यहीन हुने गर्छ ।

भौतिक वा आधिकारक पैसा प्रयोग गरेर, केही कुरा बेच्दा तपाई मान्छेलाई बिटकोइन प्रयोग गरेर भुक्तानी दिएमा र आफै कम्प्युटर प्रयोग गरेर बनाएमा बिटक्वाइन पाउन सकिन्छ ।

बिटक्वाइन सन् २००९ मा आविष्कार गरिएको इन्टरनेटमा आधारित एउटा क्रिप्टोकरेन्सी हो । बिटक्वाइन पियर–टू–पियर डिजिटल पैसा हो, जसलाई हामी हाम्रै कम्प्युटरमा स्टोर गरेर राख्न सक्छौं ।

मान्छेहरुले शक्तिशाली कम्प्युटरहरु प्रयोग गरेर बिटक्वाइन बनाउछन्, जसलाई माइनिङ भनिन्छ । यसले गर्दा धेरै खालको बिटक्वाइन बनिरहेको छ । बिटक्वाइन बनाउने एकदमै गाह्रो काम हो ।

\"\"

बिटक्वाइनको एउटा विशेषता भनेको यसको कोइन सप्लाई सिमीत हुने गर्दछ । बिटकोइनका निर्माता सातोशी नाकामोटोले क्रिप्टोकरेन्सीलाई सुनको सिमीत मात्रा जसरी नै डिजाइन गरेका छन्, जसले गर्दा २१ मिलियन अर्थात २ करोड १० लाख बिटक्वाइन मात्रै माइन गर्न सकिन्छ ।

२१ मिलियनमा पनि जनवरीसम्ममा १८.८९ मिलियन बिटक्वाइन माइन गरिसकेको छ । सातोशीसँग ९ लाख बिटक्वाइन रहेको अनुमान गरिन्छ ।

बिटक्वाइन माइनिङको संख्या २१ मिलियन पूरा गसिकेपछि के हुन्छ त भन्ने प्रश्न तपाईहरुको मनमा उठेको छ होला । आज हामी तपाईको त्यही उत्सुकतालाई मेटाउन माइनिङको संख्या २१ मिलियन पूरा भएपछि के हुन्छ भन्ने जानकारी दिदैछौं ।

पहिलो पटक जनवरी ९, २००८ मा ५० ओटा बिटक्वाइन माइन गरिएको थियो । त्यसपछिको १३ वर्षको अन्तरालमा १८.८९ मिलियन बिटक्वाइन माइन भईसकेका छन् । बिटक्वाइनलाई माइनरहरुले विभिन्न क्रिप्टोग्राफिक पजलहरुलाई समाधान गरेर कारोबारहरुलाई भेरिफाइ गर्छन् । कारोबारहरु सफलतापूर्वक सम्पन्न गरेपछि माइनरले एक ब्लक बिटक्वाइन पाउने गर्दछन् ।

एउटा ध्यान दिनपर्ने कुरा के हो भने बिटक्वाइन माइनिङको संख्या हरेक चार वर्षमा आधाले घट्ने गर्दछ । पहिलोपटक माइनरहरुलाई रिवार्ड दिनका लागि ५० ओटा बिटक्वाइन माइन गरिएको थियो । यो रिवार्ड हरेक २ लाख १० हजार ओटा बिटक्वाइन ब्लक माइन गरेपछि आधा हुने गर्दछ ।

२ लाख १० हजार ओटा बिटक्वाइन ब्लक माइन गर्न करिब चार वर्ष लाग्ने गर्दछ । त्यसपछि सन् २०१२ को माइनरका लागि रिवार्ड दिन २५ ओटा बिटक्वाइन माइन गरिएको थियो । त्यस्तै सन् २०१६ मा बिटकोइनको संख्या १२.५ हुन पुग्यो ।

सन् २०२० मा ६.२५ ब्लक बिटकोइन माइन गरिएको थियो र सन् २०२४ सम्ममा माइनरहरुले १.५६ ब्लक रिवार्ड मात्रै पाउन सक्ने अनुमान लगाइएको छ । यो प्रक्रियालाई हाभिङ भनिन्छ र सबै बिटक्वाइन माइन नभएसम्म यो प्रक्रिया जारी नै रहनेछ । अहिलेसम्म तीन चोटि हाभिङ भईसकेको छ ।

अब एकदमै कम बिटक्वाइन बाँकी रहेछ जस्तो लागेता पनि ब्लकचेन डटकमको अनुसार बाँकीको १० प्रतिशत सप्लाईले सन् २१४० फेब्रुअरी सम्म धान्नेछ ।

\"\"

हरेक दिन औसतमा १४४ ब्लक बिटक्वाइन माइन गरिन्छ । एक ब्लकमा ६.२५ बिटक्वाइन हुने गर्दछ । हरेक दिन औसतमा १४४ ब्लक बिटक्वाइन माइन गरिने हुँदा प्रति दिन ९०० बिटक्वाइन माइन गरिन्छ । आज यो लेख लेख्दा ७ लाख २८ हजार ९२६ ओटा ब्लक माइन गरिसकिएको छ ।

बिटक्वाइन ब्लक माइन गर्ने समय पूर्ण रुपले क्रिप्टो माइनर माथि भरपर्ने गर्दछ । यसो भएता पनि साधारणतय करिब १० मिनेटमा नयाँ ब्लक उत्पन्न हुने गर्दछ । नयाँ बिटक्वाइन भने १.६ मिनेटमानै माइन हुने गर्दछ ।

२१ मिलियन पूरा गरिसकेपछि कुनै पनि नयाँ बिटक्वाइन इस्यु हुँदैन् । बिटक्वाइन कारोबारलाई ब्लकमा बनाएर प्रोसेस गरिनेछ र बिटक्वाइन माइनरले ट्रान्ज्याक्सन प्रोसेसिङ फिज पाउनेछन् ।

अहिलेको ट्रान्ज्याक्सन प्रोसेसिङ फि २.६ मिलियन डलर देखि ४.४ मिलियन डलर रहेको छ जुन भनेको ६० देखि १०० बिटक्वाइन हो ।

माइनरहरुले दिनको ९०० बिटक्वाइन माइन गरेपछि यति रकम पाउने गर्दछन् । यो भनेको अहिलेको समयमा माइनरहरले ६.५ प्रतिशत नाफा पाईरहेका छन् तर सन् २१४० सम्ममा ट्रान्ज्याक्सन प्रोसेसिङ फि १०० प्रतिशत हुने अनुमान गरिएको छ । बिटक्वाइन पछिसम्म माइनिङ गर्न नसकिएता पनि माइनरहरुले हरेक कारोबारबाट नाफा भने कमाउन सक्नेछन् ।