कीवर्डहरू -

१८ मिनेटमै फुल चार्ज हुने साओमी १२ प्रोको बुकिङ खुला, ५ हजार छुटसहित इयरफोन वा स्पिकर सित्तैमा

१८ मिनेटमै फुल चार्ज हुने साओमी १२ प्रोको बुकिङ खुला, ५ हजार छुटसहित इयरफोन वा स्पिकर सित्तैमा

साओमीले आफ्नो फ्ल्यागशिप फोन साओमी १२ प्रो को प्रि बुकिङ नेपालमा खुल्ला गरेको छ । प्रि बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुनेछ ।

प्रि-अर्डरमा यो फोन विशेष अफरसहित उपलब्ध छ । उपभोक्ताहरुले यो फोन किन्दा ५ हजार रूपैयाँको क्यासब्याक तुरुन्तै पाउनुको साथै  मी नेकब्यन्दा ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् । साओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबि प्लस २५६ जीबीमा १ लाख १४ हजार ९९९ रूपैयाँमा उपलब्ध छ ।

यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन् । यसमा केही त्यस्ता विशेषताहरु छन्, जसले यसलाई असली फ्ल्यागशिप फोन बनाएको छ । त्यस्तै विशेषता मध्ये एउटा, यसको सबैभन्दा छिटो चार्ज हुने हो ।

नेपालमा साओमी १२ प्रो मात्र त्यस्तो फोन हो जसमा १२० वाटको फास्ट चार्जिङ छ, जसले तपाईंको फोन १८ मिनेटमै फुल चार्ज गर्छ । साओमी १२ प्रो मा एचडीआर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले रहेको छ । यो १२ जीबी र्‍याम र २५६ जीबी आन्तरिक स्टोरेज रहेको छ ।

फोनमा एट जेन वान स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५० मेगापिक्सेलको मेन क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो र ५० मेगापिक्सेलको वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ ।

यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो जसले तपाईंलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ ।

तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ, जसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ ।

सेल्फीको लागि यसमा ३२ मेगापिक्सेलको अल्ट्रा-क्लियर सेल्फी लेन्स छ । यसमा हर्मन/कर्डोनका ४ वटा स्पिकरहरु छन् जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ ।

साओमी १२ प्रो तपाईंहरुको नजिकैको मी स्टोर र रिटेल स्टोरहरुमा प्रि बुकिङको लागि खुल्ला छ र मार्च ३० देखि बिक्री शुरु हुनेछ ।