कीवर्डहरू -

वर्ल्डलिंकले सार्वजनिक गर्‍यो १ हजार एमबीपीएस स्पीडको इन्टरनेट, यस्तो छ मूल्य  

वर्ल्डलिंकले सार्वजनिक गर्‍यो १ हजार एमबीपीएस स्पीडको इन्टरनेट, यस्तो छ मूल्य  

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले १ जीबीपीएस स्पीडको इन्टरनेट ल्याएको छ । कम्पनीले शनिबार वर्ल्डलिंक कार्निभल २.० को अवसरमा १ हजार एमबीपीएस स्पीडको इन्टरनेट सार्वजनिक गरेको हो ।

वार्षिक ३९ हजार ९९९ रूपैयाँमा वर्ल्डलिंकको १ जीबीपीएसको इन्टरनेट पाइने छ । यसमा डुअल ब्याण्ड र ड्रप वायर निःशुल्क आउने छ ।

यो प्याकेज लिँदा राउटरका लागि ५०० रूपैयाँ डिपोजिट राख्नुपर्नेछ । यो प्याकेज प्रविधिमा रूची भएका, रचनात्मक, गेमर र स्ट्रिमरका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।