कीवर्डहरू -

शैन्यशक्तिलाई सहयोग गर्न एनएफटी बिक्री गर्दै युक्रेन

शैन्यशक्तिलाई सहयोग गर्न एनएफटी बिक्री गर्दै युक्रेन

युक्रेनले आफ्नो शैन्यशक्तिलाई सहयोग गर्नका निम्ति एनएफटीको विक्रि गरिरहेको छ । नन फन्जिबल टोकन (एनएफटी) भनेको ब्लकचेनमा रेकर्ड गरिएको क्रिप्टोग्राफिक टोकन हो ।

यसले कुनै पनि डिजिटल कुरा कसको हो भनेर बताउन सक्छ । यो एक नौलो डिजिटल सर्टिफिकेट हो, जसले कुनै फोटो, भिडियो तथा डिजिटल एसेट कसको हो भनेर प्रमाण दिने गर्दछ । यो डुप्लिकेट वा स्वाप गर्न मिल्दैन् ।

अरु मान्छेहरुले स्क्रीनसट लिने, ट्वीट वा डिजिटल कपी निःशुल्क डाउनलोड  गर्ने जस्ता कार्य गर्न सक्छन् तर स्वामित्व अधिकारको डिलिटल कपी एनएफटीको मालिकसँग मात्रै हुने गर्दछ । कन्टेन्ट हराउने, बिग्रिने वा डिलिट हुने जे भएता पनि ब्लकचेनमा कुनै पनि एनएफटी सुरक्षित रुपमानै रहने गर्दछ ।

अहिले विक्रिमा ५४ एनएफटी रहेको छ जुन युद्धको पहिलो तीन दिनमा आधारित रहेका छन् । यस एनएफटी संकलनलाई मेटा हिस्ट्री म्युजियम अफ वार भनिएको छ ।

यो इलस्ट्रेसन युक्रेनकै कलाकार तथा अन्र्तराष्ट्रिय कलाकारहरुको सहकार्यमा निर्माण गरिएको छ । युक्रेनले युद्धको सुरुवातदेखि १०० मिलियन डलर क्रिप्टोकरेन्सी डोनेशन पाइसकेको छ ।