कीवर्डहरू -

निर्वाचन आयोगले सञ्चालनमा ल्यायो कल सेन्टर, नागरिकका जिज्ञासा र गुनासा सम्बोधन गरिने

निर्वाचन आयोगले सञ्चालनमा ल्यायो कल सेन्टर, नागरिकका जिज्ञासा र गुनासा सम्बोधन गरिने

निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय चुनावलाई लक्षित गर्दै आयोगले मंगलबारदेखि औपचारिकरूपमा कल सेन्टर सञ्चालनमा ल्याएको हो ।

नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई सम्बोधन गर्न उक्त कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।

निःशुल्क टोल फ्रि नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनबाट आउने जिज्ञासा र गुनासालाई शिष्ट भाषामा सम्बोधन गर्न निर्देशन दिए ।

विगतमा ११ अंक नम्बर रहेको टोलफ्री सञ्चालनमा ल्याउने गरेकोमा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले यस पटक चार अंकको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको जनाएको छ । कल सेन्टरमा ९ जना खटाइएको छ ।