कीवर्डहरू -

बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक

बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक

बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक भएको छ । ५५ लाख सब्क्राइबर भएको बुढासुब्बा डिजिटल युट्युब च्यानल बिहीबार ह्याक भएको हो ।

बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक गरेर च्यानलको नाम इथेरियम राखिएको छ भने लोगो पनि परिवर्तन गरेर इथेरियमको राखिएको छ । इथेरियम एउटा क्रिप्टोकरेन्सी हो ।

२ वर्षअघि पनि बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक भएको थियो । बुढासुब्बा डिजिटल अन्यका च्यानल बुढासुब्बा सङ्स, बुढासुब्बा मुभिज सुरक्षित छन् ।

हामीले यो समाचार तयार पार्दासम्म अहिले बुढासुब्बा डिजिटलका अपलोड भएका सबै भिडियोहरू युट्युबमा उपलब्ध रहेका छन् ।