कीवर्डहरू -

१८ मिनेटमै फुल चार्ज हुने साओमी १२ प्रो नेपाली बजारमा

१८ मिनेटमै फुल चार्ज हुने साओमी १२ प्रो नेपाली बजारमा

साओमीले आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ अन्तर्गत साओमी १२ प्रो नेपालमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफी र इन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याइएको हो ।

साओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पंडाज्युले नयाँ-नयाँ प्रविधि र नयाँ-नयाँ फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि सँधै टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित रहेको बताए ।

साओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिने जनाइएको छ । यसले एटके सम्मको भिडियोहरु रेकर्ड गर्न सक्ने छ ।

यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन् । यसमा केही त्यस्ता विशेषताहरु छन्, जसले यसलाई असली फ्ल्यागशिप फोन बनाएको छ । त्यस्तै विशेषता मध्ये एउटा, यसको सबैभन्दा छिटो चार्ज हुने हो ।

नेपालमा साओमी १२ प्रो मात्र त्यस्तो फोन हो जसमा १२० वाटको फास्ट चार्जिङ छ, जसले तपाईंको फोन १८ मिनेटमै फुल चार्ज गर्छ ।

साओमी १२ प्रोमा एचडीआर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले रहेको छ । यो १२ जीबी र्‍याम र २५६ जीबी आन्तरिक स्टोरेज रहेको छ ।

फोनमा एट जेन वान स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५० मेगापिक्सेलको मेन क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो र ५० मेगापिक्सेलको वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ ।

यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो जसले तपाईंलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ ।

तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ, जसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ ।

सेल्फीको लागि यसमा ३२ मेगापिक्सेलको अल्ट्रा-क्लियर सेल्फी लेन्स छ । यसमा हर्मन/कर्डोनका ४ वटा स्पिकरहरु छन् जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ ।

साओमी १२ प्रो बैजनी र नीलो रङमा उपलब्ध छ । १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको साओमी १२ प्रोको मूल्य १ लाख १४ हजार ९९९ रूपैयाँ रहेको छ । साओमी १२ प्रो मी स्टोर र रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने छ ।