बिहीबार, ५ जेठ, २०७९
Thursday, 19 May, 2022

क्रिप्टो गेमबाट ह्याकरले चोरे ७२ अर्ब ७२ करोड

ह्याकरहरुले प्ले टु अर्न नामक क्रिप्टो गेमबाट ७२ अर्ब ७२ करोड रुपैयाँ चोर्न सफल भएका छन् । ह्याकरहरुले रोनीन ब्लकचेनबाट १ लाख ७३ हजार ६ सय इथेरियम चोरेका थिए ।

प्ले टु अर्न गेममा खेलाडीहरुले गेम खेलेवापत क्रिप्टो पाउने गर्दछन् तर सुरुमा केही शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । ह्याकहरुले प्राइभेट की प्रयोग गरेर ह्याक गरेका थिए ।

क्रिप्टोकरेन्सीको प्रख्याती बढेसँगै यसको चोरी पनि एकदमै धेरै हुन थालेको छ । हालै पनि क्रिप्टो डटकमका ४०० अकाउन्ट ह्याक क्रिप्टोकरेन्सीको समाचार प्रदान गर्ने पेज ब्लकले ह्याकरहरुले ३३ मिलियन अमेरिकी डलर लिएको बारे रिपोर्ट गरेको थियो ।

 

सम्बन्धित समाचार