कीवर्डहरू -

पोखरामा शुक्रबार स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल गण्डकी संवाद कार्यक्रम हुँदै

स्टार्टअपलाई प्रवर्द्धन र लगानी

पोखरामा शुक्रबार स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल गण्डकी संवाद कार्यक्रम हुँदै

लिभिङ विथ आइसिटीले शुक्रबार गण्डकी प्रदेशको पोखरामा इबिमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

आइसिटी क्षेत्रमा कृयाशिल स्थानीय स्टार्टअपहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानी समेत जुटाउने उदेश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रम चैत १८ गते शुक्रबार पोखराबाट सुरु हुने र २०७९ जेष्ठ दोस्रो साता बागमती प्रदेशको चितवनमा समापन हुनेछ ।

पोखराको सिटी स्वायर बैंकेटमा विहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ । डिजिटल संवाद कार्यक्रम बेलुकी ३ बजदेखि सोहि स्थानमा आयोजना हुनेछ ।

यस कार्यक्रममा स्थानिय स्टार्टअप तथा विद्यार्थीहरुका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिनेछ । सहभागिहरुले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनौट समितिसामु प्रस्तुती दिनेछन ।

यसैगरी उनिहरुले आइटी क्षेत्रका सफल स्थानिय तथा काठमाडौंका उद्यमीहरुबाट मेन्टरिङ सेसनमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन ।

आयोजकले हरेक प्रदेशबाट उत्कृष्ट ५ स्टार्टअप तथा आइडिया छनौट गरी काठमाडौंमा विजनेश इन्क्युवेसनमा सहभागि गराउने जनाएको छ । छनौट भएका केहि स्टार्टअपहरुले बैंकले उपलब्ध गराउने सहुलियतपुर्ण ऋण सुविधा र लगानीको लागि अवसर प्राप्त गर्नेछन ।

स्टार्टअपहरुले आवश्यक प्रविधि, कानुनी सहायता र व्यापार प्रवद्धनको लागि निशुल्क परामर्श तथा विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । हरेक प्रदेशका उत्कृस्ट १ स्टार्टअपलाई आइसिटी अवार्ड २०२२ को ग्रान्ड फिनालेमा सम्मान पनि गरिने छ ।

हरेक प्रदेशको कार्यक्रममा कम्तिमा ३० बढि स्टार्टअपहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा प्रदेश सरकार, स्थानिय सरकार, नीजि क्षेत्र र सरोकारवालाहरुको उपस्थितीमा डिजिटल रुपान्तरणमा प्रदेश विषयमा विशेष अन्तकृया तथा डिजिटल संवाद कार्यक्रम पनि आयोजना हुनेछ ।

डिजिटल संवाद कार्यक्रममा प्रदेश सरकार, स्थानिय सरकार, सरोकारवाला र नीजि क्षेत्रको उपस्थितीमा विशेष अन्तकृयात्मक छलफल हुनेछ ।

कार्यक्रममा गण्डकी प्रदेशका कानुन सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दु कुमार थापा लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिएका छन् ।

पछिल्लो समय अध्ययन पश्चात आफ्नै क्षेत्रमा केही नयाँ तथा इन्नोभेटिभ काम गर्ने युवाहरुको उल्लेख्यरुपमा वृद्धी भएको छ तर पनि आवश्यक मेन्टरिङ, इन्क्युवेसन र लगानीको अभावमा धेरै स्टार्टअपहरु पलायन भइरहेको अवस्थालाई मध्यनजर गर्दै लिभिङ विथ आइसिटीले देशव्यापी रुपमा कार्यक्रम आयोजना गर्न लागिरहेको संयोजक राजन लम्सालले बताए ।

स्थानिय स्तरमा कोभिड १९ को कारण धेरै स्टार्टअपहरु बन्द पनि भएका छन र अब सरकार र नीजि क्षेत्र सहकार्य गर्दै डिजिटल उद्यमशिलता र इन्नोभेसनको विकासमा लाग्नुपर्ने लम्सालको भनाई छ ।

कार्यक्रममा स्टार्टअप तथा आइडिया प्रस्तुत गर्न www.nepalistartup.com वेबसाइटमार्फत दर्ता गर्ने वा ९८०१२६३६०२ मा सम्पर्क गर्न सकिनेछ ।