कीवर्डहरू -

ईबीमा स्टार्टअप एण्ड आइडिया फेस्ट पोखरामा शुरू (फोटो फिचर)

ईबीमा स्टार्टअप एण्ड आइडिया फेस्ट पोखरामा शुरू (फोटो फिचर)

लिभिङ विथ आइसिटीले गण्डकी प्रदेशको पोखरामा आयोजना गरेको इबिमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ शुरू भएको छ । बिहान ११ बजेदेखि शुरू भएको फेष्ट साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा स्थानिय स्टार्टअप तथा विद्यार्थीहरुका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिएको छ ।

सहभागिहरुले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनौट समितिसामु प्रस्तुती दिनेछन् । यसैगरी उनीहरुले आइटी क्षेत्रका सफल स्थानिय तथा काठमाडौंका उद्यमीहरुबाट मेन्टरिङ सेसनमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन ।

आज दिउँसो ३ बजे डिजिटल संवाद कार्यक्रम पनि हुँदैछ, जसमा प्रदेश सरकार, स्थानिय सरकार, निजी क्षेत्र र सरोकारवालाहरुको उपस्थितीमा डिजिटल रुपान्तरणमा प्रदेश विषयमा विशेष अन्तकृया हुनेछ ।

आयोजकले हरेक प्रदेशबाट उत्कृष्ट ५ स्टार्टअप तथा आइडिया छनौट गरी काठमाडौंमा विजनेश इन्क्युवेसनमा सहभागि गराउने जनाएको छ । छनौट भएका केहि स्टार्टअपहरुले बैंकले उपलब्ध गराउने सहुलियतपुर्ण ऋण सुविधा र लगानीको लागि अवसर प्राप्त गर्नेछन ।

स्टार्टअपहरुले आवश्यक प्रविधि, कानुनी सहायता र व्यापार प्रवद्धनको लागि निशुल्क परामर्श तथा विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । हरेक प्रदेशका उत्कृस्ट १ स्टार्टअपलाई आइसिटी अवार्ड २०२२ को ग्रान्ड फिनालेमा सम्मान पनि गरिने छ ।

\"\"

\"\"

डिजिटल संवाद कार्यक्रममा प्रदेश सरकार, स्थानिय सरकार, सरोकारवाला र नीजि क्षेत्रको उपस्थितीमा विशेष अन्तकृयात्मक छलफल हुनेछ । कार्यक्रममा गण्डकी प्रदेशका कानुन सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दु कुमार थापा लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिएका छन् ।

\"\"

\"\"