कीवर्डहरू -

सजिलो मर्मत सेवाको रिब्राण्डिङ, अब सजिलो सेवाको नामबाट सेवा दिने

सजिलो मर्मत सेवाको रिब्राण्डिङ, अब सजिलो सेवाको नामबाट सेवा दिने

सजिलो मर्मत सेवाले अब ‘सजिलो सेवा’को नामबाट सेवा दिने भएको छ । नयाँ लगानी पाएसँगै सजिलो मर्मत सेवाले रि–ब्रान्डिङ गरेको हो ।

हालै ट्रु नर्थ एशोसिएट्सले सजिलो सेवामा १० करोड रूपैयाँ लगानी गरेको थियो । अब सजिलो सेवाले मर्मत सेवाका साथै घर र अफिसहरूमा सरसफाइ गर्ने, विज्ञमार्फत किटनाशकको प्रयोग गराइदिने, पानी ट्याङ्की सफा गर्नेजस्ता सेवाहरू पनि उपलब्ध गराउने छ ।

विगत पाँच वर्षदेखि सजिलो सेवाले घरायसी मर्मत सम्भारको सुविधा दिँदै आएको थियो । कम्पनीले घरमा धारा, बिजुली, टीभी, फ्रिज, कम्प्युटर आदि बिग्रिएमा मर्मत गर्ने, प्लम्बिङजस्ता सेवा घर–घर पुर्‍याउने काम गर्दै आएको थियो ।

सजिलो सेवाले कस्मेटिकसम्बन्धी सेवाहरू पनि थप गर्ने योजना बनाएको छ । आउँदो मे महिनामा कम्पनीले मोबाइल एप पनि सार्वजनिक गर्ने जनाएको छ ।