कीवर्डहरू -

क्लासिक टेकले अब राति पनि फिल्ड सपोर्ट सेवा दिने

क्लासिक टेकले अब राति पनि फिल्ड सपोर्ट सेवा दिने

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रात्रिकालिन ‘फिल्ड सपोर्ट सेवा’ थप प्रभावकारी बनाएको जानकारी दिएको छ । यो सेवा कम्पनीले ६ महिनायता देशका अधिकांश शहरमा परीक्षण गरिरहेको छ ।

ग्राहकले चौबीसै घण्टा फिल्ड सपोर्ट सेवा पाउन कम्प्लेन टिकट दर्ता भएपछि  ग्राहकको अनुमतिमा राति १० बजे सम्म सेवा दिने र आगामी दिनमा यसलाई अझै विस्तार गरिने जनाएको छ । ग्राहकहरूलाई चौबिसै घण्टा सुविधा दिन यो सेवा शुरू गरिएको कम्पनीको दाबी छ ।

ग्राहक सेवालाई प्राथमिकता दिँदै आइरहेको जनाएको क्लासिक टेकले अब ग्राहकको गुनासो दर्ता भएको २ कार्य घण्टाभित्र ‘सपोर्ट’ दिन सकिने पनि उल्लेख गरेको छ । समयभित्रै सपोर्ट दिन नसकेमा टाइम ब्याक कम्पेन्सेसन नै दिइएको कम्पनीको भनाइ छ ।

क्लासिक टेकले नेपालमा सन् २००९ देखि इन्टरनेट सेवा दिन थालेको थियो । यो कम्पनीले हालसम्म ७४ जिल्लामा १०३ वटा आउटलेटबाट सेवा  सञ्चालन गरिरहेको छ ।

देशमा इन्टरनेट प्रयोगकर्ता बढिरहँदा कम मूल्यमा उत्कृष्ट सेवा दिँदै आएको सो कम्पनीको दाबी छ । सो कम्पनीले हालै रात्रिकालिन फिल्ड सपोर्ट सेवालाई प्राथमिकता दिन ८०० जना थप कर्मचारी माग गरेको थियो ।