नयाँ वर्ष अवसरमा शाओमीले शाओमी टेलिभिजन खरिदमा आकर्षक अफर ल्याएको छ । यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजन खरिदमा उपभोक्ताहरूले एउटा मि नोटबुक प्रो अथवा ४० इञ्चको मिफोरए टेलिभिजन जित्न सक्ने छन् ।
उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर ‘मिमा डबल मज्जा’अफर ल्याएको हो । यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्ने एक जना विजेताले लक्की-ड्रमार्फत बम्पर उपहारको रूपमा मि नोटबुक प्रो र ६ जना विजेताहरूले साप्ताहिक लक्की-ड्रमार्फत ४० इञ्चको मिफोरए टेलिभिजन जित्न सक्ने बताइएको छ ।
मि टेलिभिजनबाट प्ले स्टोरमा भएको ४००० भन्दा बढी एपहरू सपोर्ट गर्छ । स्मार्ट ब्लुटुथ रिमोटबाट च्यानल बदल्न टीभीमै रिमोट पोइन्ट गर्नु नपर्ने र यसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्स सर्च गर्ने सुविधा रहेको पनि साओमीले जानकारी दिएको छ ।
टेलिभिजनमा भएको डाटा सेभर टेक्नोलोजीले मोबाइल डाटाबाटै टीभी हेर्दा पनि अरू टीभीमा भन्दा ४० प्रतिशत बढी डेटा बचत गर्ने यो टेलिभिजन फ्रेम रेट रिडक्सन टेक्नोलोजीयुक्त छ ।
बजारमा उपलब्ध यसको ३२ देखि ६५ इञ्चको जुन टीभी किने पनि समान फिचरहरू भएकोले गर्दा सानो टीभी किने पनि ठूलो टीभीमै जस्तो सम्पूर्ण फिचरहरूको मज्जा लिन सकिने सो कम्पनीको दाबी छ ।
टेलिभिजनको बजार मूल्य २९ हजार ९०० देखि १ लाख ९ हजार ९९९ रुपैयाँसम्म तोकिएको छ । अफर चैत्र १८ गते देखि वैशाख ३१ गते सम्म लागु हुने छ ।