कीवर्डहरू -

सिटिजन्स बैंकका कार्डबाहकलाई नारायणी सामुदायिक हस्पिटलमा १० प्रतिशत छुट

सिटिजन्स बैंकका कार्डबाहकलाई नारायणी सामुदायिक हस्पिटलमा १० प्रतिशत छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एन.पी.आई नारायणी सामुदायिक हस्पिटल चितवन बीच एक सम्झौता सम्पन्न भएको छ ।

सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एन.पी.आई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।