कीवर्डहरू -

क्युआर कोड भुक्तानीमा बैंक अफ काठमाण्डूका ग्राहकलाई पोखराको होटलमा छुट

क्युआर कोड भुक्तानीमा बैंक अफ काठमाण्डूका ग्राहकलाई पोखराको होटलमा छुट

बैंक अफ काठमाण्डू लिमिटेड र पोखरास्थित होटल एडमबीच ग्राहकलाई छुट दिनेगरी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २०% छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहकहरुले होटलमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ २० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।