कीवर्डहरू -

गूगल डक्समा इमोजी रियाक्सन फिचर

गूगल डक्समा इमोजी रियाक्सन फिचर

गूगल डक्समा अब इमोजी रियाक्सन फिचर सार्वजनिक भएको छ । डक्समा अब मल्टिपल प्रयोगकर्ताले इमोजी प्रयोग गरेर प्रतिक्रिया दिन सक्नेछन् ।

आधिकारिक क्रियाकलापको लागि यो फिचर त्यति उपयुक्त नभएता पनि अरु प्रोजेक्टका लागि इमोजी रियाक्सन दिन यो फिचर एकदमै उपयोगी हुन्छ ।

यो फिचर एडिटिङ मोडमा हुने समयमा प्रयोग गर्न सकिन्छ । त्यहाँ एड रियाक्सन फिचर आउने गर्दछ । यो फिचर रोल आउट हुन् सुरु भईसकेको छ तर सबै प्रयोगकर्ताले पाउन केही समय लाग्न सक्छ ।