कीवर्डहरू -

टेलिकमको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित

टेलिकमको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित

नेपाल टेलिकमका शेयरधनीले ४० प्रतिशत लाभांस पाउने भएका छन् । टेलिकमका शेयरधनीले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरी जम्मा ४० प्रतिशत लाभांस पाउने भएका हुन् ।

बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब बसेको टेलिकमको १४ औं वार्षिक साधारणसभाले ४० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको थियो । सोही कारण गत चैत १० गतेसम्म कायम शेयरधनीले लाभांश पाउने छन् ।

नेपाल टेलिकमको इतिहासमै पहिलो पटक शेयरधनीलाई बोनस शेयर दिने भएको हो । अहिले टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । अब २० प्रतिशत बोनस शेयर दिएपछि टेलिकमको पुँजी ३ अर्ब रुपैयाँले थपिएर १८ अर्ब रुपैयाँ पुग्ने छ ।