कीवर्डहरू -

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

पौडेल यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको भूमिकामा रहेका थिए । टेलिकमको प्रबन्ध निर्देशकका लागि टेलिकमकै निर्देशक सङ्गीता पहाडी, पूर्व एमडी बुद्धि आचार्य र सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनील पौडेलको नाम सिफारिस गरिएको थियो ।

प्रबन्ध निर्देशक छनौटका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा समिति गठन भएको थियो ।