कीवर्डहरू -

साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

साओमीले आफ्नो फ्ल्याग्शिप फोन साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफ्री र इन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक  एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरसहित यी फोन बजारमा ल्याइएको हो ।

यी दुई फोनमा १३ एमपी अल्ट्रा-वाइड एंगल क्यामेरा रहेको छ । दुबै फोनमा बहुमुखी सुटिङका लागि प्रो ग्रेड ट्रिपल क्यामेरा र ५० मेगापिक्सेल प्रमुख क्यामेरा छन् जसले एटके रेकर्डिङ क्षमता प्रदान गर्ने कम्पनीको दाबी छ । यी फोनमा ४५०० एमएएचको ब्याट्री राखिएको छ भने ६७ वायर्ड टर्बो चार्जिङ सपोर्ट उपलब्ध छ ।

यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स चार्जिङको सुविधा पनि छ । यसमा भएको फोर एनएमको प्रोसेसरले जीपीयु ग्राफिक रेन्डरिङ क्षमतालाई ३० प्रतिशतसम्म बढाउनुको साथै पहिलाको फोन को तुलनामा यसमा २५ प्रतिशत बढी ब्याट्री टिक्ने कम्पनीको भनाइ छ ।

साओमी १२ र १२ एक्स ८ जीबी र २५६ जीबी भेरियन्टमा उपलब्ध छ । साओमी १२ को मूल्य ९२ हजार ९९९ रुपैयाँ र १२ एक्सको ७६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।