कीवर्डहरू -

फुडमाण्डुको नयाँ लोगो सार्वजनिक 

फुडमाण्डुको नयाँ लोगो सार्वजनिक 

नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७९ को अवसरमा फुडमाण्डुले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो ।

नयाँ लोगोमा पहेलो र कालो रंग प्रयोग गरिएको छ । नयाँ सोच र योजनासहित फुडमाण्डुले आफुलाई रिब्राण्डिङ गरेको छ ।

११ वर्ष अगाडि स्थापना भएको फुडमाण्डुले हाल काठमाडौं उपत्यका र पोखरामा सेवा प्रदान गर्दै आएको छ ।
फुडमान्डुमा केही मसय अगाडि डोल्मा इम्प्याक्ट फण्डले ४६ करोड लगानी गर्ने गरी सम्झौता भएको थियो ।