कीवर्डहरू -

स्टार्टअप एण्ड आइडिया फेस्टः यस्ता छन् गण्डकी प्रदेशका उत्कृष्ट स्टार्टअप

स्टार्टअप एण्ड आइडिया फेस्टः यस्ता छन् गण्डकी प्रदेशका उत्कृष्ट स्टार्टअप

पछिल्लो समय नेपालमा पनि आफैले नयाँ स्टार्टअप शुरू गर्ने युवाहरूको जमात बढ्दै गएको छ । स्टार्टअप शुरू गरेका युवालाई लगानी र मेन्टरशिपको खाँचो छ । यही खाँचोलाई पूरा गर्न लिभिङ विथ आइसिटीले सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट आयोजना गरिरहेको छ ।

पहिलो चरणमा ४ वटा प्रदेशमा कार्यक्रम आयोजना भइरहेको छ । गत चैत १८ गते गण्डकी प्रदेशबाट शुरू भएको फेस्ट लुम्बिनी र मधेशमा सम्पन्न भइसकेको छ भने वैशाख ५ गते प्रदेश नम्बर १ मा हुँदैछ ।

बाँकी ३ प्रदेशमा जेठ महिनामा सञ्चालन हुनेछ । त्यसपछि सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई लगानी र मेन्टरशिपको अवसर दिइनेछ । आज हामी तपाईलाई स्टार्टअप एण्ड आइडिया फेस्टमा छनोट भएका गण्डकी प्रदेशका उत्कृष्ट ५ स्टार्टअपको बारेमा जानकारी दिदैछौं ।

सात्विक न्युट्री फुड

\"\"

सात्विक न्युट्री फुड डेढ वर्ष अगाडि शुरू भएको हो । सात्विक ग्रुप अफ कम्पनी अन्तर्गत सात्विक न्युट्री फुड सञ्चालन भइरहेको छ । सात्विक ग्रुप अफ कम्पनीमा १५ जनाले ४५ लाख लगानी गरेका छन् ।

सात्विक न्युट्री फुडले डाइट प्लान, परामर्श लगायत न्युट्रिसन सम्बन्धि सेवा दिदै आएको छ । कम्पनीले आफ्नै किचेन पनि शुरू गरेको छ, जसमा डाइट प्लान अनुसारको खाना र खाजा तयार गरिन्छ ।

डाइट अनुसारको खाना केही निश्चित ठाउँमा डेलिभर समेत हुन्छ । आफ्नो सेवालाई विस्तार गर्ने कम्पनीको योजना छ । सात्विक न्युट्री फुडमा अहिले ७ जनाले रोजगारी पाएका छन् ।

क्वाड गेम्स

\"\"

क्वाड गेम्स २ वर्ष अगाडि स्थापना भएको हो । क्वाड गेम १५ देखि २० लाखको लगानीमा पोखराका आशिष ढुंगाना, महेश ढुंगाना, विपिन सुवेदी र अश्विन ढुंगानाले स्थापना गरेका हुन् ।

क्वाड गेम्स अन्तर्गत अहिले कार, सुटिङ र वर्ड बनाउने गेम गरी कुल ८ वटा गेम सार्वजनिक भएका छन् । ८ वटा एप हाल प्लेस्टोरमा उपलब्ध छन् । आईओएसमा पनि उपलब्ध गराउने क्वाड गेम्सको तयारी छ ।

क्वाड गेम्स अन्तर्गत सार्वजनिक भएका गेम प्लेस्टोरबाट ६-७ लाख पटक डाउनलोड भएका छन् । उनीहरूले आवश्यक जनशक्ति फ्रिल्यान्सरबाट गराइरहेका छन् ।

हेल्लो हेल्थ क्लिनिक

\"\"

हेल्लो हल्थ क्लिनिकले स्वास्थ्य प्रदान गर्दै आएको छ । बि.सं. २०७६ सालमा स्थापना भएको हेल्लो हेल्थ पोलिक्लिनिक प्रालिले हेल्लो हेल्थ क्लिनिक सञ्चालन गरिरहेको छ । पोखराका मदनले १ करोडको लगानीमा हेलो हेल्थ क्लिनिक स्थापना गरेका हुन् ।

हेलो हेल्थ क्लिनिकले क्लिनिक, डेन्टल, ल्याब, फार्मेसी सेवा प्रदान गर्दै आएको छ । हेलो हेल्थ क्लिनिकबाट औषधी घरमै डेलिभरी पनि हुन्छ । हेलो हेल्थ क्लिनिकले पोखरामा स्कुल हेल्थ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यसबाट विद्यार्थीरूलाई प्राथमिक उपचार दिइन्छ ।

यसलाई अझै व्यवस्थित बनाउन स्याटेलाइट क्लिनिक शुरू गर्ने कम्पनीको योजना छ । एप र वेबसाइट ल्याउने कम्पनीले जनाएको छ । हेलो हेल्थ क्लिनिकमा अहिले ८ जनाले रोजगारी पाएका छन् । हालसम्म हेलो हेल्थ क्लिनिकले ५ हजार बढीलाई सेवा प्रदान गरिसकेको छ ।

एक कल होम सोलुसन

\"\"

सन् २०१७ मा एक कल होम सोलुसन स्थापना भएको छ । पोखराका बिमल वाँस्तोला र पेरिस घिमिरेले स्थापना गरेका हुन् । एक कल होम सोलुसनले इलेक्ट्रिकल, पलम्बिङ, कारपेन्ट्री, इलेक्ट्रोनिक्स, कम्प्युटर सर्भिसेस, ब्युटी, पेन्टिङ, बडी फ्याट एनालाइसिस लगायतका सेवा अनलाइनबाट प्रदान गर्दै आएको छ ।

कम्पनीले हार्डवेयर र इलेक्ट्रिकल सामानको भौतिक स्टोर पनि राखेको छ । एक कल होम सोलुसनलाई मास स्केलमा लैजाने कम्पनीको योजना छ । कम्पनीमा अहिले १० जना आवद्ध भएका छन् ।

एक्सडिजो टेक्नोलोजीज

\"\"

एक्सडिजो टेक्नोलोजीज प्रालि २ वर्ष अगाडि स्थापना भएको आईटी कम्पनी हो । पोखराका दिनेश थापा एक्सडिजो टेक्नोलोजीजका संस्थापक हुन् । कम्पनीले डिजाइन, डिजिटल मार्केटिङ, रिसर्च तथा डेभलपमेन्ट, कन्सल्टिङ, ट्रेनिङ लगायतका सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले अब आफ्नै प्रडक्ट विकासमा ध्यान दिने योजना बनाएको छ । एक्सडिजोले अहिलेसम्म ५०० बढीलाई ग्राहकलाई सेवा प्रदान गरिसकेको छ । कम्पनीमा हाल १५ जनाले रोजगारी पाएका छन् ।