कीवर्डहरू -

क्रिप्टोकरेन्सी डोनेसनलाई ब्लक गर्नुपर्ने विकिपिडिया एडिटरहरुको भनाइ

क्रिप्टोकरेन्सी डोनेसनलाई ब्लक गर्नुपर्ने विकिपिडिया एडिटरहरुको भनाइ

विकिपिडिया एडिटरहरुले क्रिप्टोकरेन्सी डोनेसनलाई ब्लक गर्नुपर्छ भनेर भोट गरेका छन् । विकिमिडिया फाउण्डेशनको डोनेशन अप्सनबाट क्रिप्टोकरेन्सी डोनेशनलाई ब्लक गर्नुपर्छ भनेर विकिपिडिया एडिटरहरुको भनाइ छ ।

गोरिल्ला वारफेयर नामक विकिपिडिया एडिटरले फाउण्डेशनलाई क्रिप्टोकरेन्सी डोनेशनलाई ब्लक गर्न प्रपोजल लेखेको बारे आर्स टेक्निकाले रिपोर्ट प्रकाशित गरेको छ ।

वातावरणमैत्री नरहेकाले पनि क्रिप्टोकरेन्सी डोनेशनलाई रोक्नुपर्छ भन्ने एडिटरहरुको धारणा छ । उनीहरूका अनुसार क्रिप्टोकरेन्सीले प्रति वर्ष माइनिङ गर्दा २०४.५० टेरावाट आवर विद्युत खपत गर्ने हुँदा अत्याधिक ऊर्जा प्रयोग गरेको कारण ब्लक गरिनुपर्छ ।