कीवर्डहरू -

हेटौंडा, भैरहवा, नवलपुर र बुटवलमा पनि अब सीजी नेट

हेटौंडा, भैरहवा, नवलपुर र बुटवलमा पनि अब सीजी नेट

काठमाडौं उपत्यका बाहिर पनि सीजी नेट विस्तार भएको छ । उपत्यका बाहिर हेटौंडा, भैरहवा, नवलपुर र बुटवलमा सीजी नेट विस्तार भएको हो ।

सीजी नेटले गत जेठ १८ गते काठमाडौंबाट इन्टरनेट सेवा दिन शुरू गरेको थियो । सीजी नेटले मासिक ९९९ रूपैयाँमा १२० एमबीपीएस स्पीडको इन्टरनेटसहित सेवा थालेको थियो । त्यसपछि नेपाली इन्टरनेट बजारमा इन्टरनेट सेवा प्रदायकहरूबीच ‘स्पीड वार’ चलेको छ ।

सीजीले सस्तो मूल्यमा इन्टरनेट प्याकेज ल्याउपछि त्यसलाई अन्य सेवाप्रदायकले पनि पछ्याउँदै गएका छन् ।
सीजी नेटले हाल ९९९ रूपैयाँमा १२० एमबीपीएस र ६४९ रूपैयाँमा ५० एमबीपीएस गतीको इन्टरनेट प्रदान गर्दै आएको छ ।

सीजी नेटले १५ दिनसम्मको ट्रायल सुविधा पनि ल्याएको छ । सीजी नेट १५ दिनसम्म निःशुल्क प्रयोग गरेर आफुलाई सेवा मन परेमा मात्रै खरिद गर्न सकिने छ ।