कीवर्डहरू -

अब युट्युब शर्ट्समा भिडियो रिमिक्स पनि गर्न सकिने

अब युट्युब शर्ट्समा भिडियो रिमिक्स पनि गर्न सकिने

युट्युबले शर्ट्स निर्माताहरुलाई भिडियो रिमिक्स गर्न दिने भएको छ । क्रियटरहरुले यो नयाँ टूल प्रयोग गरी कुनै पनि नैतिक भिडियोको पाँच सेकेण्डसम्म प्रयोग गरेर रिमिक्स भिडियो बनाउन सक्नेछन् ।

यो फिचर अहिलेका लागि आईओएसमा मात्रै उपलब्ध रहेको छ । आगामी हप्ताहरुमा यो फिचर क्रियटरहरुले प्राप्त गर्नेछन् ।

यो टूलले अडियो रिमिक्सिङको फिचर दिन्छ । रिमिक्स गर्नका निम्ति क्रियट बटनमा ट्याप गरेर रिमिक्स अप्सनबाट कट भन्नेमा थिच्नुपर्ने हुन्छ ।

अब कुन पार्ट सर्टसमा प्रयोग गर्ने हो भन्ने छानेर भिडियोमा प्रयोग गर्न सकिन्छ  । कसैको सर्ट रिमिक्स गर्नुपरेमा तीन ओटा थोप्ला भएको मेन्युमा थिचेर कटलाई सेलेक्ट गर्नुपर्ने हुन्छ ।