कीवर्डहरू -

आईओएसमा पनि उपलब्ध भयो ओपेराको क्रिप्टो ब्राउजर, के के छन् फिचर ?

आईओएसमा पनि उपलब्ध भयो ओपेराको क्रिप्टो ब्राउजर, के के छन् फिचर ?

ओपेराको क्रिप्टो ब्राउजर आईओएसमा पनि उपलब्ध भएको छ । विन्डोज, म्याक र एन्ड्रोइडसँगै अब ओपेराको क्रिप्टो ब्राउजर आईओएसमा पनि उपलब्ध भएको हो ।

यस क्रिप्टो ब्राउजरमा क्रिप्टो वालेट पनि उपलब्ध रहेको छ, जसले इथेरियम, बिटकोइन लगायतका अन्य ब्लकचेन इकोसिस्टमलाई सपोर्ट गर्दछ ।

यसले प्रयोगकर्तालाई फियट करेन्सीको साथ क्रिप्टो क्वाइन खरिद गर्न र कुनै एक्सटेन्सबिना टोकन ट्रेड गर्न पनि अनुमति दिनेछ ।

यसका साथै ब्राउजरले पोलिगन इकोसिस्टममा आधारित ७ हजार सेवाहरूसहित वेब थ्रीमा आधारित एनएफटी, डिसेन्ट्रलाइज्ड एप्समा पहुँच दिनेछ ।

ब्राउजरमा क्रिप्टो कर्नर सुविधा पनि रहेको छ । यसबाट प्रयोगकर्ताहरूले क्रिप्टोकरेन्सीको अपडेटेड मूल्य, इभेन्ट, पडकास्ट लगायत क्रिप्टोकरेन्सी सम्बन्धि लाइभ जानकारी पाइन्छ ।

ओपेरका अनुसार यो ब्राउजर अनुभवी र नयाँ दुबै प्रयोगकर्तालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । ब्राउजरलाई सुरक्षित बनाउन ओपेराले यसमा फ्री भीपीएन, एड ब्लकर र ट्रयाकर ब्लकर सुविधा पनि राखेको छ ।

ओपेराले गत जनवरीमा वेब थ्री वेबसाइटलाई वेब टु जस्तै पहुँचयोग्य बनाउन क्रिप्टो ब्राउजरको बेटा भर्सन सार्वजनिक गरेको थियो ।

यदी तपाई पनि ओपेराको क्रिप्टो ब्राउजर डाउनलोड गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो डिभाइस अनुसार कम्प्युटर र मोबाइलमा डाउनलोड गर्न सकिने छ ।